अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिल्म हुतुतुका लागि अफर गरिएको छ । यो फिल्ममा हरिवंश आचार्य, प्रदिप खड्का पल शाह, नाजिर हुसेन, गौरव पहारी जस्ता कलाकार छन् । सिनेमाका लागि एक जना मात्र अभिनेत्रीको आवश्यकता छ ।

तर, अभिनेत्रीको भूमिका राम्रो भएकाले पनि साम्राज्ञीलाई अफर गरिएको हो । साम्राज्ञी र अभिनेता प्रदिप खड्काले हेमराज वीसीको एउटा फिल्ममा काम गर्ने कुरा भएपनि त्यो फिल्म बन्ने नबन्ने पक्का भएको छैन ।

यसैले पनि साम्राज्ञीले यो सिनेमामा काम गरेको खण्डमा प्रदिप र साम्राज्ञीको जोडी जम्नेछ । सिनेमा हुतुतलाई सन्तोष सेनले निर्माण गर्दैछन् । सिनेमालाई सन्तोष र छेतन गुरुङले निर्देशन गर्दैछन् ।

For More videos Log on to Mazzako TV