10330248_1443458195895833_3804931093009854755_nचलचित्र ‘दमदार’को ओपनिङ्ग बिजनस राम्रो भएको छ । शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्र ‘दमदार’को पहिलो दिनको ब्यापारबाट निर्माण युनिट निकै खुशी देखिएको छ । देशभरिका ४२ वटा हलहरुबाट प्रर्दशनमा आएको चलचित्र ‘दमदार’ले पहिलो दिनमा अधिकांश हलहरुमा हाउसफुलको ब्यापार गरेको छ ।

चावहिल स्थित गोपीकृष्ण हलमा नम: हलमा लागेको ‘दमदार’ दर्शक बढी आएपछि ६०० सिट क्षमताको कृष्ण हलमा सारिएको छ । ‘देशभरिकै कलेक्सन मध्ये गोपीकृष्णको ब्यापार उच्च छ’, चलचित्रका निर्माता सुमन विष्ट भन्छन् ‘दर्शकले हाम्रो चलचित्रलाई माया गरिदिनुभएको छ अबको ब्यापार माउथपब्लिसिटीले  बढनेमा विश्वस्त छु ।’

चलचित्रले काठमाण्डौका पुष्पाञ्जली, गंगा, विश्वज्योती, अष्टनारायण, बाराही, सिद्घार्थ पाथिभरा, हिरारत्न त्यस्तै बनेपाको शुभकामना हलमा चलचित्रले हाउसफुलको ब्यापार गरेको चलचित्र युनिटले जानकारी गराएको छ । ‘चलचित्रको इनिसियल ब्यापारले हामीलाई निकै आशावादी बनाएको छ,’ चलचित्रका निर्देशक कमलकृष्ण भन्छन् ‘नेपाली फिल्म क्षेत्रमा अब भने दर्शकले राम्रा चलचित्रलाई माया गर्न थालेको आभास भएको छ ।’ निर्देशकका अनुसार चलचित्रको यो ब्यापारले आगामी चलचिमा अझ मेहनत गर्न हौसाएको छ ।

Damdaar Mazzakoonline

चलचित्र ‘दमदार’मा रेखा थापा, सविन श्रेष्ठ, बासु पुडासैनी, कमलकृष्ण लगायतका कलाकारहरुले अभिनय गरेका छन् । आईटम गर्ल अर्चना देलालले चलचित्रको ‘जिकज्याक जवानी’मा बोलको आईटम गीतमा गरेका नृत्यको पनि धेरैले प्रशंसा गरेका छन् । चलचित्रमा नेपाल प्रहरी भित्रको कथालाई उठान गरिएको छ । आफ्नो पहिलो चलचित्रलाई दर्शकले रुचाईदिएकोमा निर्माता तथा समाजसेवी सुमन विष्ट निकै दंग देखिएका छन् ।

For More videos Log on to Mazzako TV