निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्न लागेको सिनेमा चिसो मान्छे आउँदो बर्षको भदौ ११ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको छायांकन सुदुर पश्चिममा गरिनेछ ।सिनेमाको छायांकन सुरु कहिलेबाट हुन्छ भन्ने टुंगो भने लागेको छैन । सिनेमा चिसो मान्छेका लागि अभिनेत्री स्वस्तिमा खड्का पक्का भैसकेकी छिन् ।

स्वस्तिमाले कथा मन पराएकी छिन् । अब, सिनेमाका लागि अभिनेता अर्पण थापा पनि फाइनल भएको चर्चा छ । तर, यसको निर्माणपक्षले भने अर्पणको नाम बाहिर ल्याएको छैन । सिनेमा घरको निर्देशन गरेर अर्पण थापा निर्मात्री शर्मिला पाण्डे र निर्देशक खनालको क्याम्पमा प्रवेश गरेका थिए ।
अब, चिसो मान्छेमा अर्पण र स्वस्तिमाले काम गरे भने दर्शकका लागि पक्कै विशेष हुनेछ ।

For More videos Log on to Mazzako TV