अभिनेता पल शाह म्यूजिक भिडियो खेलेको खेल्यै छन् । तर, उनले निर्माता सन्तोष सेनको फिल्म हुतुत पनि साइन गरेका छन् । पल शाहले यो फिल्ममा प्रदिप खड्कासँग काम गर्दैछन् । प्रदिप यस्ता एक अभिनेता हुन्, जसले म्यूजिक भिडियो खेल्नमा रुची देखाएका छैनन् ।

यही भएर फिल्ममा प्रदिपको क्रेज देखिन्छ । पलले भने भिडियोलाई नै मुख्य पेशा बनाएका छन् । अब, पल र प्रदिप एकसाथ देखिन लागेका छन् । पलले धेरै भिडियो खेल्दा हुतुतुलाई असर गर्छ भन्ने सन्तोष सेन र प्रदिप खड्कालाई पनि थाहा होला ।

यसैले पनि प्रदिप र सन्तोषले पलसँग यो बिषयमा कुरा गर्न आवश्यक छ । आफूसँगैको साथी फिल्मकै लागि रिजर्भ बस्दा पलले प्रदिपको यो बानी सिक्लान् कि नसिक्लान् त ? यो भने प्रतिक्षाको बिषय हो ।

For More videos Log on to Mazzako TV