नेपाल आइडल सिजन ३का उत्कृष्ट १० मा पर्न सफल भएकी ममता गुरुङको ‘म तिम्रै हुँ’ बोलको गीतको फिमेल भर्सनमा कभर गीत सार्वजनिक भएको छ। नेपाल आइडल सिजन २ का अमित बरालले गाएको ‘म तिम्रै हुँ’ बोलको गीतलाई ममताले फिमेल भर्सनमा गाएकी हुन्।

पुष्पन प्रधानको शब्द संगीतमा रहेको गीतलाई ममताको फिमेल कभर भर्सनलाई दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन्। भिडियोमा विशाल अर्यालको निर्देशन रहेको छ। अमृत सुनुवारले खिचेको गीतको भिडियोलाई माधव बेलबासेले सम्पादन गरेका हुन्। गीतलाई ममता गुरुङकै आधिकारी युट्युव च्यानलमा सार्वजनिक गरिएको छ।

For More videos Log on to Mazzako TV