नायक पल शाह र नायिका एलिजा गौतमको अभिनय रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार ‘आटो पिठो’ बोलको गीत युटुब मार्फत सार्वजनिक भएको हो । गीतमा गायक निशान भट्टराई र सोनीका लामाको स्वर छ ।

पल र एलिजाको केमेष्ट्रि निकै जमेको देखिन्छ । आधि कपाल बाट म्युजिक भिडियोमा डेब्यु गरेकी एलिजालाई म्युजिक भिडियो झन फापेको छ । उनले नृत्य गरेको अधिकांश गीतहरु यो समयमा चर्चामा देखिएको छ । भिडियोको निर्देशन भने टेकेन्द्र शाहले गरेका हुन् । भिडियो निकै मज्जाको बनेको छ । भने अडियो पक्ष पनि बलियो छ ।

For More videos Log on to Mazzako TV