अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले केही हप्ता अघि मात्र नयाँ सिनेमा साइन गरेकी छिन् । नाम नखुलेको नयाँ सिनेमामा उनीसँगै मनिष राउत र आना शर्माको मुख्य भूमिका रहनेछ । अभिनेता भूवन केसीसँगको विवाद अदालतसम्म पुगेपछि अभिनेत्री साम्राज्ञीले केही समय मिडियामा अन्र्तवार्ता दिइन् ।

यसपछि भने उनी पारिवारिक जमघटमा नै रमाइरहेकी छिन् । साम्राज्ञीले आफ्नी आमाको जन्मदिन सेलिव्रेशन गरिन् । आमाको जन्मदिनमा साम्राज्ञीको तस्वीर गज्जबको थियो । उनी, हामी सबै भन्दै निकै खुशी देखिएकी छिन् । भूवन केसीसँगको विवादमा परिवारको साथ पाएपछि साम्राज्ञीले खुलेरै बोलेकी थिइन् ।

For More videos Log on to Mazzako TV