अभिनेत्री अदिती वुढाथोकीले खेलेको एउटा मात्र फिल्म हो, कृ । कृ फिल्म खेलेपछि यी अभिनेत्री नेपाली फिल्ममा गुमनाम जस्तै छिन् । उनी दोश्रो सिनेमाको तयारीमा त छिन्, तर फिल्मको छायांकन सुरु कहिलेबाट हुन्छ पक्का छैन । तर, एउटा फिल्म मात्र खेलेकी यी सुन्दरीको चर्चा भने कुनै नाम चलेका अभिनेत्रीको भन्दा कम हुदैन नेपालमा ।

नेपाली मिडियामा यी अभिनेत्रीले राम्रो स्थान पाइरहेकी छिन् । मुम्बइमा रहेर पनि अदितीले गरेको भनेको केही पंजाबी गीतमा मोडलिङ मात्र हो । सामाजिक संजाल इन्स्टाग्राममा उनी लोकप्रिय छिन् । उनको १० लाख बढी फलोअर्स छन् । सामाजिक संजालमा उनले पोष्ट गर्ने तस्वीरकै कारण उनको चर्चा बढी हुने गर्दछ ।

अदिती फिल्म नखेलेपनि कसरी चर्चामा रहनुपर्छ भन्ने राम्रोसँग वुझिछन् । यसैले त उनले फ्यान र मिडियाको यती धेरै माया पाएकी छिन् ।

For More videos Log on to Mazzako TV