सलमान माथि ५०० करोड लगानी, कतै हुने त हैन बालुवामा पानी ?
बलिवुडका ‘दबङ्ग हिरो’ सलमान खान माथी निर्माताहरु पैसा लगानी गर्न हिच्किचाउदैनन् । तर यतिबेला उनीमाथी गरिएको लगानी निर्माताहरुका लागि जोखिम बन्ने देखिएको छ । यतिबेला सलमान खान ‘हिट एण्ड रन’को केसले गर्दा तनाबमा रहेका छन् ।२००२ मा मुम्बईको बान्द्रा हिल रोडको फुटपाथमा ५ जनालाइ सुतिरहेको अवस्थामा आफु चढेको गाडी चढाएको आरोपले अहिले सम्म उनलाई तनाव दिईरहेको छ । उक्त दुर्घटनामा एक जनाको घटनास्थलमा मृत्यु भएको थियो भने अन्य ४ जना गम्भिर घाइते भएका थिए ।
यो मामलालाई ‘हिट एण्ड रन’को करार दिइएको थियो । सलमानलाइ यो केसबाट के होला ? त्यो त भबिष्यमा नै थाहा हुनेछ तर यदि सलमानलाइ यो केसले जेल चलान भयो भने थुप्रै मेकर्सको निन्द्रा गायब हुने देखिन्छ । किनकी, सलमान सँग अहिले धेरै फिल्मको लाइन लागेको छ । हालै मात्र पनि उनले केहि फिल्मको एग्रिमेन्ट गरेका छन् ।
‘नो एन्ट्री मे एन्ट्री’ र ‘प्रेम रतन धन पायो’ उनको अपकमिङ् फिल्म हो । त्यस्तै कबिर खान पनि सलमान सँग मिलेर फिल्म बनाउन लागेका थिए । कबिरले यस अघि ‘एक था टाइगर’ बनाइसकेका छन् । कबिर ‘एक था टाइगर’को सिक्वेल निर्माण गर्ने तयारीमा रहेका छन् ।
सलमान अभिनित साजिद नाडियाडवाला को ‘किक’ २०१४ को इदमा रिलिज हुदै छ । सल्लु सँग कयौ फिल्मको साथ साथै ब्रान्ड एन्डोर्स पनि रहेको छ ।यदि सलमानलाइ ‘हिट एंड रन’को केसमा जेल चलान भयो भने बलिवुडका मेकर्सलाई भारु ५०० करोडको चुना लाग्ने पक्कापक्की छ ।
For More videos Log on to Mazzako TV