सिनेमा चिसो मान्छेका लागि मुख्य अभिनेत्री फाइनल गरिएको छ । निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको सिनेमामा अभिनेत्री स्वस्तिमा खड्काले काम गर्ने पक्का भएको छ । स्वस्तिमा र निर्माणपक्षविच केही दिन अगाडि मात्र सहमती भएको हो ।

यो सिनेमाको छायांकन सरकारले छायांकनका लागि अनुमती दिएपछि हुनेछ । निर्माणपक्ष छायांकनका लागि तयार भएको छ । सिनेमा चिसो मान्छेलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । यो सिनेमालाई दिपेन्द्र र शर्मिलाको यसअघिको सिनेमा आमा भन्दा पनि उत्कृष्ट बनाउने विश्वास निर्माणपक्षले लिएको छ ।

सिनेमा चिसो मान्छेले सामाजिक कथा भन्नेछ । स्वस्तिमा सिनेमा चपली हाइट ३ रिलिजको प्रतिक्षामा छिन् ।

For More videos Log on to Mazzako TV