फिल्म क्षेत्रलाई चहलपहल बनाउनुपर्छ भनेर केही फिल्मका निर्माता तातेका छन् । कसैले फिल्मको नाम र कलाकार घोषणा गरे भने कतिपयले सिनेमाको प्रदर्शन मिति नै तय गरेका छन् । तर, फिल्मको छायांकन कहिलेबाट सुरु हुन्छ एकिन छैन । फिल्म क्षेत्र चहलपहल हुनका लागि त यो बर्ष नै विर्सनु पर्छ जस्तो देखिएको छ ।


निर्देशक दिपेन्द्र के खनालले चिसो मान्छेको छायांकन आरम्भ नगर्दै प्रदर्शन मिति तोकिदिए । कलाकार पनि फाइनल भएका छैनन् । उनी, सिनेमा क्षेत्र चहलपहल हुन्छ भनेर यसो गरको भन्दैछन् । निर्देशक मिलन चाम्सले फिल्मका लागि लोकेशन त लकडाउनको बेलामा नै हेरेका हुन् । तर, कलाकार फाइनल छैनन्, छायांकन कहिलेबाट पक्का हुन्छ थाहा छैन ।

निर्माता सन्तोष सेन प्रेमगीत ३ सिनेमाको छायांकन अगावै हुतुतु बनाउने चक्करमा छन् । हरिवंश आचार्य, पल शाह, प्रदिप खड्का जस्ता कलाकार फिल्ममा फाइनल छन् । तर, फिल्मको छायांकन कहिलेबाट ?

यस्ता अरु सिनेमाका निर्माता पनि छन्, जो फिल्मको छायांकन घोषणा गरेर चहलपहल हुन्छ भन्ने सोचमा त छन् । तर, फिल्मको छायांकन कहिलेबाट सुरु गर्ने पक्का छैन ।

For More videos Log on to Mazzako TV