अभिनेता सलिनमान बनियाँले चाडै बिहे गर्ने बताएका छन् । सलिनले फ्यानहरुसँग साक्षात्कार गर्दै आफूले चाडै नै बिहे गर्ने बताएका हुन् । सलिनले लामो समयदेखि अस्प्रिना जीना श्रेष्ठको प्रेममा छन् । उनीहरुले आफूहरुको प्रेम लुकाएका छैनन् ।

यसैले पनि सलिनमान र जिनाले तस्वीर शेयर गरिरहेका हुन्छन् । सलिनमान बनियाँ र अस्प्रिनाले बिहे कहिले गर्छन् यो त खुलेको छैन । सलिनले कोभिडका कारण आफूले नयाँ सिनेमाको घोषणा गर्न नपाएको पनि बताएका छन् ।

तर, चाडै नै नयाँ सिनेमाको घोषणा गर्ने र दर्शकहरुका लागि केही सरप्राइज लिएर आउने तयारी आफ्नो रहेको सलिनमानले बताएका छन् । सिनेमा यात्रामा काम गरेपछि सलिनले नयाँ सिनेमामा काम गरेका छैनन् । उनी ए मेरो हजुर २ बाट उदाएका थिए ।

For More videos Log on to Mazzako TV