रिलमा होईन रियलमा, महानायकको विहे जेठमा
महानायक राजेश हमालले कहिले बिहे गर्लान त ? आम नेपालीको जिज्ञासा हो यो । उनलाई अन्तरवार्तामा बारम्बर सोधिने प्रश्न पनि यही नै हो कि ‘विहे कहिले गर्ने’ ? तर अब महानायकको विहे हुने पक्का भईसकेको छ । उनले जेठ महिनाको दोस्रो साता विवाह गर्ने स्रोत जानकारी गराउछ । जेठ १४ गते हमालले प्रेमिका मधु भट्टराईलाई बेहुली बनाएर घर भित्र्याउने तयारी पुरा भएकोे छ ।
महानायकको घरमा विहेको छुट्टै रौनक छाएको छ । हमालको विहेको लागि भनेर उनका दिदीहरु अमेरिकादेखि नेपाल आउन थालिसकेका छन् । विहेको लागि सपिङ्ग पनि अमेरिकाबाटै गरिएको बुझिएको छ । हमालको विवाहमा ठुलो तामझाम भने हुनेछैन । उनको विहेमा नजिकका आफन्त र केही सिनेकर्मीहरुको मात्र उपस्थिति हुनेछ ।
स्रोतका अनुसार वैशाख ३१ गते हमालले मधुको परिवारसँग विहेको औपचारिक प्रस्ताव राख्दैछन् । हमालले केही दिन अघि मात्रै प्रेमिका मधुको औपचारिक रुपमा तस्वीर सार्वजनिक गरेका थिए । स्रोतका अनुसार महानायकले आउदो मंगलबार मिडियासामु आफ्नी हुनेवाला श्रीमतीलाई चिनाउने तयारी भईरहेको छ । उनले बुहारीका लागि भनेर उनकी आमाले छाडेर गएको उपहार दिएर मधुलाई प्रपोज गर्नेछन् ।
बिराटनगरकी मधु भट्टराईसँग महानायक हमालको केही बर्ष पहिले एक कार्यक्रममा भेट भएपछि उनीहरुबीचमा सामिप्यता बढेको थियो । यो सम्बन्धले अब भने नयाँ नाम पाएको छ । बधाई छ महानायकलाई ।
For More videos Log on to Mazzako TV