संचारकर्मी रामजी ज्ञवालीको छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक भएको छ । चलचित्रलाई द सेलिब्रेटी टाइम्सले प्रस्तुत गरेको हो । द सेलिब्रेटी टाइम्सकै युट्युब च्यानलमार्फत यो चलचित्र सार्वजनिक गरिएको छ । संचारकर्मी ज्ञवालीको निर्देशनमा तयार भएको उक्त चलचित्रमा साहिल खान, सूर्या थापा, क्रिजन गौतमले शीर्ष भूमिका निभाएका छन्, त्यस्तै तनुजा कार्की, निशाव लम्साल, यूमी बरालले यसमा अभिनय गरेका छन् ।

सामाजिक यथार्थ घटनालाई ‘डार्क मुन’ मार्फत देखाउन खोजिएको छ । चलचित्रमा एउटी आमाले सन्तानप्रतिको दायित्व बिर्सदा उनका सन्तानको भविष्य कतातर्फ जान्छ ? यसमा मनछुने तरिकाले देखाउन खोजिएको छ ।
डार्क मुनको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । कृष्मा गौतम र सारा भूर्तेलले निर्माण गरेको यो चलचित्रलाई नवराज उप्रेतीले खिचेका हुन् । चलचित्रमा सुदीप बरालको डिओपी, एलिश कार्कीको ब्याकग्राउण्ड स्कोर, बिशाल निरौलाको गायन तथा संगीत, साहिल खानको सम्पादन छ ।

For More videos Log on to Mazzako TV