अभिनेत्री रेखा थापा आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । मोरङमा जन्मिएकी रेखालाई सामाजिक संजालमा फिल्मीकर्मी र उनका शुभचिन्तकले जन्मदिनको शुभकामना दिइरहेका छन् । नेपाली फिल्ममा हिरो फिल्ममार्फत उनी प्रवेश गरेकी हुन् । यसपछि भने रेखाले पछाडि फर्किएर हेर्नु परेन ।

नेपाली फिल्ममा अभिनेताहरुको दबदबा रहेको अवस्थामा रेखाले आफ्नो नामबाट फिल्म चलाएर देखाइन् । रेखालाई नेपाली फिल्ममा अभिनेता पनि भनिन्छ । रेखाको स्टारडम करिब एक दशक रह्यो । यसपछि भने उनको क्रेज विस्तारै कम भयो । अहिले रेखाको नाममा सिनेमा विक्न छाडेका छन् । तर, रेखा पुरानै क्रेज फर्काउने कसरतमा भने लागिरहेकी छिन् ।

तर, नेपाली फिल्ममा कुनै अभिनेत्रीको स्टारडम यति बलियो थियो भने त्यो रेखाको थियो । नेपाली फिल्मकी यी सुपरस्टारलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

For More videos Log on to Mazzako TV