नेपाली फिल्मका केही कलाकारले लक डाउनपछि धमाधम म्यूजिक भिडियो खेले । दर्शकसँग लामो समयसम्म पुग्न नसक्दा दर्शकले विर्सने हुन् कि भन्ने डरले पनि कतिपयले भिडियो खेले । धेरै कलाकारले त लक डाउनपछि आर्थिक अवस्था बलियो बनाउन पनि भिडियो खेले ।

भिडियोमा काम गर्नेहरुमा व्यस्त अभिनेता पल शाह रहे । पल शाहले अभिनय गरेका आधा दर्जन बढी भिडियोमध्ये ४ वटा गीत रिलिज भए । अभिनेत्री पूजा शर्माले पनि पल शाह र आकाश श्रेष्ठसँग भिडियोमा काम गरिन् । पूजाले दर्शकसँग नजिक हुन, आर्थिक अवस्था बलियो बनाउन धेरै कारणले भिडियो खेलेको बताइन् ।

भिडियोमा व्यस्त अभिनेत्री वर्षा राउत, आँचल शर्मा पनि देखिए । नाजिर हुसेन, स्वस्तिमा खड्का लगायतका कलाकारको पनि व्यस्तता उस्तै देखियो । जे भएपनि फिल्मको काम नहुँदा खाली बसेका कलाकारलाई भिडियोले ठूलै राहत दियो ।

For More videos Log on to Mazzako TV