अभिनेता पल शाहले आफ्नो पछाडि कुरा काट्नेहरुमाथि आक्रोश पोखेका छन् । पलले अहंकारी मानिसले समुन्द्रलाई पनि तलाउ देख्ने बताउँदै सो तलाउमा ढुंगा हान्दा उत्पन्न हुने तरंग हेरेर सो मानिस खुशी हुने पनि उल्लेख गरेका छन् । उनले, मानिसहरु शान्त समुन्द्रको लहरासँग खेल्दै मानिसहरु रमाउने तर त्यो समुन्द्र सुनामी बनेर विध्वंस मच्चाउने पनि बताए ।

पलले, कुरा काट्नेहरुलाई चेतावनी दिदै कसैको हैसियत संझाउने मात्र होइन विर्सन नसक्ने धक्का पनि दिन सक्ने भन्दै चेतना भया भनेर लेखेका छन् । पल शाहले यसअघि पनि आफ्नो पारिश्रमिक नदिएको भन्दै निर्मातामाथि आक्रोश पोखेका थिए ।

For More videos Log on to Mazzako TV