अभिनेता सलोन बस्नेत र आमेष भण्डारीले काम गरेको सिनेमा मेलाले बक्स अफिसमा औषत कमाई गर्यो । सलोन र आमेषको मित्रता भने टुटेको छैन । उनीहरुले रुम नम्बर १०८ मा गीत पनि तयार गरे । अब, यही नाममा उनीहरु सिनेमा बनाउने तयारीमा लागेका छन् ।

आमेष र सलोनकै मुख्य भूमिका रहने यो सिनेमालाई सुरेश न्यौपानेले निर्देशन गर्दैछन् । सिनेमा रुम नम्बर १०८ मा अरु कलाकार भने नयाँ हुनेछन् । सलोनका अनुसार, यो सिनेमाको छायांकन चाडै नै सुरु हुनेछ । सिनेमालाई थ्रिलर र कमेडी कथामा निर्माण गरिनेछ ।

सिनेमा रुम नम्बर १०८ को कथामा अहिले काम भैरहेको छ । यूवाहरुको समुहको रोचक कथामा सिनेमा बनाउने तयारी सलोनले गरेका हुन् ।

For More videos Log on to Mazzako TV