अभिनेत्री नीता ढुंगाना गायिका बनेकी छिन् । नीताले केही दिन अगाडि आफ्नो स्वरमा गणेश भजन ‘वक्रतुण्ड महाकाय’ रेकर्ड गराएकी छिन्। नीताले आफ्नो प्रोडक्सन हाउस नीता फिल्मस्बाट यो भजनको भिडियो चाढै रिलिज गर्नेछिन् । भब्य सेटमा २ दिन लगाएर भजनको छायांकन गरेकी हुन् । भजनमा नीता आफै फिचर भएकीको उनले फेसबुकमा सार्वजनिक गरेको फोटो हरुबाट प्रष्ट हुन्छ ।

भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हन् । भने संजय लामा खिचेका हुन् । नेपाली फिल्म क्षेत्रमा स्वच्छ छवि बनाएकी नायिकाको रुपमा चिनिने नीता अभिनय पनि राम्रो गर्ने नायिकाको रुपमा चिनिन्छिन् ।

For More videos Log on to Mazzako TV