पप गायक हरिश माथेमाको पुरानो लोकप्रिय गीत ‘स्वप्निल रंगमा’ बोलको रिमेक भर्सन सार्वजनिक भएको छ । गीतको भिडियो निकै मज्जाको बनेको छ । यस गीतको संगीत तथा रचना लोकप्रिय सर्जक रचनाकार भुपेन्द्र रायमाझीले गरेका हुन् । २०४६ सालमा रेकड भएको यो गीतको २०४७ सालमा दृश्य छायांकन पनि भएको थियो ।

रिमेक भर्सनलाई लोकेश बज्रचार्यले निर्देशन गरेका छन् ।भिडियोमा उकुशा गिरी बोल्ड अवतारमा प्रस्तुत भएकी छिन् । भने उकुशासंग मनिष श्रेष्ठले रोमान्स गरेका छन् । शिवराम श्रेष्ठले खिचेको भिडियोलाई लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् ।

पुन यो गीतलाई नयाँ पुस्तामा पहिलेको पप संगीतको सुरवाती स्वाद तथा जानकारी दिन यस गीतलाई रिमेक भर्सन निकाल्न खोजेको गायक हरिश माथेमाले बताए । नयाँ रिमेक भर्सनमा संगीत संयोजन दिवेश मुल्मीले गरेका छन् । गायक हरिश माथेमा पप संगीतको हस्तीको रुपमा चिनिने नाम हो ।

For More videos Log on to Mazzako TV