वर्षा सिवाकोटी नेपाली फिल्मका लागि नौलो नाम त होइन । तर, वर्षाले पाउनुपर्ने सफलता पाएकी छैनन् । उनका सिनेमा केही रिलिज भएका छन् तर उनलाई फाइदा भएको छैन । वर्षाले अपेक्षा गरे अनुसारको लोकप्रियता पाएकी छैनन् । वर्षा सिवाकोटीको लक डाउन अगाडि हातमा राम्रै फिल्म अफर भएका थिए ।

तर, कोरोनाले गर्दा उनको योजना पुरा हुन पाएको छैन । लकडाउन पछि के हुन्छ थाहा छैन । अहिले फिल्म क्षेत्रमा विवाद नै विवाद देखिएको छ । वर्षालाई उनका फ्यानले यस बिषयमा केही भन्नुहोस् भनेर प्रश्न गरे । वर्षाले छोटो समयको लोकप्रियताका लागि मरिमेट्न नहुने बताइन् । वर्षाले अनुशासनमा रहन पनि पर्ने बताइन् । तर, के वर्षाले लोकप्रियताका लागि कोशिश गरेकी नै छैनन् होला त ?

For More videos Log on to Mazzako TV