अनु बनिन् गायिका नेपालमा नायिकाहरु गायिका बन्ने क्रम बढेको छ । एकपछि अर्को नायिकाले गीत गाउने रहर मात्र पुरा गरेका छन् । तर, कुनै पनि नायिकाले गायिकाको रुपमा आफूलाई स्थापित गरेका छैनन् । अब, नायिका अनु शाह पनि गायिका बनेकी छिन् ।

गायिका बनिन् अभिनेत्री अनु शाह !

अनुले, स्वर भरेको एक गीतको छायांकन गरिएको छ । अनुले शान्तिप्रियको शब्द, सन्तोष श्रेष्ठको आवाजमा समावेश एक गीतमा आवाज भरेकी छिन् । नायिका अनु शाह लामो समयदेखि सिनेमाको पर्दा बाहिर छिन् ।

उनले सानैबाट आफूलाई गायिका बन्ने रहर भएपनि पुरा नभएको बताइन् । अब भने गायिका बन्ने रहर पुरा भएको बताउँदै उनले दर्शकले पनि रुचाउनेमा विश्वास व्यक्त गरेकी छिन् ।

For More videos Log on to Mazzako TV