निर्देशक कृष्ण पौडेलको निर्देशनमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अस्मिता अधिकारी र नबिन कार्कीको स्वर रहेको ‘फुल बुट्टे चोली’ बोलको डान्सिङ गीत सार्वजनिक भएको हो । मिरा देबी राईको शब्द रहेको गीतमा नबिन कार्कीकै संगीत रहेको छ ।

गीतका एरेन्जर सुमन केसी हुन् । गीत रचना रिमाल नामक युटुब च्यानलमा हेर्न सकिन्छ ।
सार्वजनिक भिडियोमा डा. मनिशा केसी र प्रबिण थापाको अभिनय रहेको छ । डिओपी तथा सम्पादनको काम युबराज खत्रीले सम्हालेका छन् । हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV