अभिनेता अनमोल केसी अहिले फिल्मको काममा व्यस्त छैनन् । तर, उनलाई फुर्सद पनि छैन । उनी लकडाउन खुलेपछि दैनिक रुपमा व्यस्त छन् । उनको व्यस्तता कुनै फिल्म वा म्यूजिक भिडियोको सुटिङका कारण बनेको होइन ।

अनमोल अहिले एकपछि अर्को विज्ञापनमा व्यस्त छन् । दैनिकजसो हुने, विज्ञापनको छायांकनले अनमोललाई व्यस्त मात्र बनाएको छैन, आम्दानीको राम्रो श्रोत पनि बनेको छ । अनमोल पनि विज्ञापनको प्रचार र छायांकनमा दत्तचित्त भएर लागेका छन् ।

अभिनेता भूवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको वादविवादबाट टाढा नै रहेका अभिनेता केसीले विज्ञापनबाट राम्रो आम्दानी गरेका छन् । उनले अभिनय गरेका अधिकांश विज्ञापन नाम चलेका ब्रान्ड कम्पनीको छ ।

For More videos Log on to Mazzako TV