सिनेमा प्रसाद २ का लागि कलाकारले महंगो पारिश्रमिक मागेको खबर सार्वजनिक भएको छ । सिनेमा प्रसाद २ का लागि निर्माताले प्रसादकै कलाकार विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठलाई खेलाउने तयारी गरेका छन् । तर, यी तिनै कलाकारले पारिश्रमिक महंगो मागेको खबर सार्वजनिक भएको छ ।

प्रसाद २ का लागि कलाकारले २५–२५ लाख मागेको खबर सार्वजनिक भएको हो । निर्माता सुभाष थापाले सिनेमाका लागि कलाकारले पारिश्रमिक पहिलेको भन्दा बढी मागेको बताएपनि यति नै पारिश्रमिक भनेर नभनेको बताएका छन् ।

सौरभ चौधरीले निर्देशन गर्ने बताइएको यो सिनेमाका लागि प्रसादकै कलाकार चाहिने र नभए सिनेमा नै नबन्ने निर्माताको अडान छ । सुशिल पौडेलले यो सिनेमाको कथा लेखेका हुन् ।

For More videos Log on to Mazzako TV