सरकारले लकडाउन समाप्त भएको घोषणा गरेसँगै हल संचालकहरु आन्तरिक रुपमा हल खोल्ने तयारीमा लागेका थिए । अब, हल खोल्न सकियो भने दशैंका लागि तयारी गर्न पाइन्छ भन्ने उनीहरुको सोच थियो । यसैले पनि उनीहरु हल खोल्न आन्तरिक रुपमा छलफलमा व्यस्त थिए ।

तर, देशभर कोरोना संक्रमित बढेपछि फेरि हल संचालकहरुको आशा निराशामा बदलिएको छ । हल खोल्ने तयारीमा रहेका उनीहरु निराश देखिन थालेका छन् । किनभने, अहिले देशका विभिन्न स्थानमा फेरि लकडाउन भैरहेको छ ।

यसले, भदौको अन्तिमबाट हल खोल्न सकिन्छ कि भन्ने आशा निराशामा बदलिने संकेत देखिएको छ । फागुण २३ गते सिनेमा बाघी चलेपछि हलमा नयाँ सिनेमा चलेका छैनन् । यसले लामो समयसम्म हल बन्द हुँदा हल संचालकहरु मर्कामा पर्न थालेका छन् ।

For More videos Log on to Mazzako TV