अभिनेत्री निरुता सिंहले अभिनेता भूवन केसीलाई रियल हिरो भनेकी छिन् । निरुताले अभिनेता केसीले आफूले काम गरेको पहिलो फिल्म दक्षिणामा काम गर्दा आफूलाई धेरै सहयोग गरेको पनि उल्लेख गरेकी छिन् । अभिनेत्री सिंहले अभिनेता केसी र अभिनेत्री तृत्ती नाडकरलाई मात्र आफू दार्जिलिङमा रहँदा दर्शकले चिन्ने गरेको पनि खुलाएकी छिन् ।

निरुताले भूवन केसीले आफूलाई पहिलो फिल्ममा गरेको सहयोगका कारण आफू उनको अझै फ्यान भएको भन्दै उनलाई आफ्नो मनको महानायक तथा रियल हिरो समेत भनेकी छिन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग विवादमा फसिरहेका अभिनेता भूवन केसीका लागि निरुताको यो बयानले पक्कै पनि राहतको श्वास दिएको हुनुपर्छ ।

निरुताले भूवनले निर्माण गरेको सिनेमा क्याप्टेनमा समावेश कर्ली कर्ली कपाल तिम्रो बोलको गीतमा अभिनय गरेकी थिइन् ।

For More videos Log on to Mazzako TV