केही बर्षदेखि लुकी छिपी प्रेम सम्बन्धमा रमाईरहेका अनु शाह र सविन श्रेष्ठ यतिबेला भने खुल्लम खुल्ला प्रेम ब्यक्त गरिरहेका छन् । यि दुईले बिहे नै गरिसके भन्ने हल्ला पनि सिने नगरिमा नचलेको होईन तर साच्चै बिहे नै भईसकेको हो या हुनेवाला मात्रै हो ? त्यो भने यि दुईलाई नै थाहा होला ।

सुन्नमा आएअनुसार उनीहरुले दुई बर्ष अघि नै काठमाण्डौं जिल्ला अदालतमा पुगेर विवाह गरेका छन् रे । यो खबर अब हल्ला हो या सत्यता हो, त्यो भोलीको दिनमा थाहा भई नै हाल्ने छ । तर यो जोडी प्रेममा भने मधमस्त छ यतिबेला ।

मानिसहरुले आफ्नो प्रेमलाई ब्यस्त गर्न बिभिन्न माध्यमहरुलाई छनौट गर्ने गर्छन् । यहाँ नायिका अनु शाहले भने ट्याटुको सहारा लिएकी छिन् । उनले आफ्नो गर्धनमा कहिल्यै नमेटिने गरि सविनको नाम सजाएकी छिन् ।

अनुले आफ्ना सामाजिक सञ्जालहरुमा पनि खुलेरै सविनसँगका तस्वीरहरु पोष्ट गर्ने गरेकी छिन् तर यता सविनले भने अनुसँगको फोटोहरु पोष्ट गरेको देखिदैन् । अनुले उनको नामको ट्याटु नै खोपीसक्दा पनि सविनले भने किन अनुसँगको कुनै पनि फोटो पोष्ट गरेका छैनन् ।

For More videos Log on to Mazzako TV