चर्चित अभिनेता दयाहाङ्ग राई धमाधम म्युजिक भिडियोमा काम गरिरहेका छन् । पछिल्लो समय पल शाह, आँचल शर्मा, केकी अधिकारी लगायत दयाहाङ्ग देखि पूजा शर्मा सम्मले म्युजिक भिडियोमा आफुलाई ब्यस्त राखिईरहेका छन् । दयाहाङ्गको भर्खरै मात्र बल्ल बल्ल भेट भो बोलको गीत रिलिज भएको छ । भिडियोलाई चर्चित निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् ।

दयाले यो गीतमा मोडल निरञ्जली लामासँग कम्मर मर्काएका छन् । गीतमा आवाज दिपा लामा र तेम्बा शेर्पाको रहेको छ भने संगीत दिपक शर्माको छ । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । अलि भिन्न गेटअपमा प्रस्तुत भएका दयाहाङ्गको लुक्सलाई लिएर दर्शकले निकै राम्रा राम्रा प्रतिक्रियाहरु दिएका छन् ।

अझ बिशेषत दयाको डान्सको तारिफ निकै भएको छ । दयाहाङ्गले केही अघि नायिका आँचल शर्मासँग पनि म्युजिक भिडियोमा काम गरिसकेका छन् ।

For More videos Log on to Mazzako TV