निर्देशक दिपेन्द्र के खनालले २ सिनेमाको निर्माण गर्ने भएका छन् । उनले निर्माण गर्न लागेका २ सिनेमाको नाम चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ । शर्मिला पाण्डेको लगानीमा बन्ने सिनेमाको नाम चिसो मान्छे र लकडाउन राखिएको छ ।

निर्देशक खनालले चिसो मान्छे लकडाउन भन्दा अगाडि बन्ने जानकारी दिएका छन् । दुबै सिनेमाले सामाजिक कथावस्तुलाई उठान गर्ने दिपेन्द्रको भनाई छ । सिनेमाको छायांकन सरकारले छायांकनको अनुमती दिएपछि सुरु गरिने दिपेन्द्रले बताएका छन् ।

निर्माणपक्षले सिनेमाका लागि कलाकार फाइनल नभैसकेको बताएको छ । सिनेमा आमा बनाएपछि तारिफ कमाएका दिपेन्द्रले अब त्यो भन्दा पनि बेजोड कथामा सिनेमा बनाउने बताएका छन् ।

For More videos Log on to Mazzako TV