अभिनेत्री पूजा शर्माले अभिनेता आँचल शर्मालाई सामाजिक संजाल इन्स्टाग्राममा अनफलो गरेपछि उनीहरुको सम्बन्ध विग्रिएको चर्चा भयो । उनीहरुका फ्यानहरुले पूजालाई किन आकाशलाई अनफलो गर्नुभएको भनेर प्रश्न सोझाए ।

आकाश र पूजालाई पर्दामा देख्न चाहने दर्शकलाई यो कुराले निराश बनायो । तर, अभिनेत्री पूजा शर्माले भने अभिनेता आकाश श्रेष्ठलाई अनफलो गर्दैमा सम्बन्ध नविग्रिएको बताएकी छिन् । उनले, कहिलेकाही रिसाएर, घुर्की देखाएर सामाजिक संजालबाट अनफलो गरेपनि आकाश र आफ्नो मित्रता कहिले नटुट्ने उनले बताइन् ।

पूजाले आकाशसँगको मित्रता निकै नै बलियो भएको भन्दै सानोतिनो कुराले नटुट्ने बताइन् । उनले, आकाशले आफ्नो दुख र सुखमा निकै साथ दिएको पनि बताएकी छिन् ।

For More videos Log on to Mazzako TV