भुवन केसी र साम्राज्ञी राज्य लक्ष्मी शाहबीचको विवाद, वाकयुद्ध हुदै यतिबेला अदालत सम्म पुगेको छ । अदालती फैसला के होला भन्ने प्रतिक्षा भईरहेको बेला नायिका झरना थापाले पनि साम्राज्ञीको बारेमा आफ्नो प्रतिक्रिया दिएकी छिन् । उनले साम्राज्ञी मेहिनेती भएको तर उनमा परपक्वताको कमी भएको बताएकी छिन् । मेरो अनुभवमा उनी काममा निकै मेहिनेती छिन्, जोखिम मोलेर पनि काम गर्न तयार हुन्छिन्, उनीमा धेरै सम्भवाना छ तर उनमा परिपक्वताको कमी छ, जुन कुरालाई उनले सुधार गर्नुपर्छ ।

नायिका झरना थापाले बनाएको सिनेमा ए मेरो हजुर २ मा साम्राज्ञीले नायिकाको रुपमा काम गरेकी थिईन् । जुन चलचित्र हिट पनि भएको थियो । त्यसपछि झरनाले ए मेरो हजुर ३ र ४ बनाएकी छिन्, तर साम्राज्ञीसँग उनले सकहार्य गरिनन् । नायिका साम्राज्ञीले आफुले काम गरेका तीन चलचित्रहरुबाट नराम्रो ब्यबहार भएको भनेर सामाजिक सञ्जालमा आफ्नो बिचार राखेकी थिईन् ।

भुवन केसीको डिम्स, झरना थापाको ए मेरो हजुर २ र रेनशा बान्तवा राईको इन्टु मिन्टु लण्डनमा । यि तीन चलचित्रबाट उनले नराम्रो ब्यबहार भोग्नु परेको लगायत कुराहरु बाहिर आएपछि भुवन केसीसँग त उनको जुहारी नै चल्यो । तर यता, झरना थापाले भने यो बिषयमा कुनै प्रतिक्रिया दिएकी थिईनन् । तर अहिले आएर भने उनले पनि केही बोलेकी छिन् ।

एक अनलाईनसँग कुरा गर्दै उनले ए मेरो हजुर २ छायांकनको समयमा साम्राज्ञीसँग कुनै बादविवाद नभएको भनेर बताएकी छिन् । साम्राज्ञीलाई अरु कलाकारलाई भन्दा फरक ब्यबहार नभएको भनेर उनले बताएकी छिन् । आफुहरु ब्यबसायिक चलचित्र बनाउने ब्यबसायिक ब्यानर भएकाले यस्तो ब्यबहार नहुने भनेर पनि उनी भन्छिन् । सुटिङ्गमा सधै भनेजस्तो खान र सुत्न पाईदैन्, त्यो कुरा भने नयाँहरुले बुझ्न जरुरी रहेको उनको भनाई छ ।

‘उनले चलचित्रमा निकै राम्रो काम गरेकी थिईन्, मेरो उनीसँग कुनैपनि गुनासो छैन । उनले केही कुराहरुमा अहिले आएर चित्त दुखाएको पाँए । ब्यबस्थापनमा केही कमजोरी भए होलान, त्यसलाई नकार्न मिल्दैन तर सुटिङ्गमा भनेजस्तो खान र सुत्न सधै पाईदैन’ भनेर नायिका झरना थापा भन्छिन् ।
साम्राज्ञीको चित्त नबुझेको भए तत्काल भनेको भए हुन्थ्यो तर अहिले आएर यो कुरा बाहिर ल्याउदाँ आफु छक्क परेको भनेर पनि उनी भन्छिन् । कुनै बेला सिनेमामा सँगै काम गरेका झरना र साम्राज्ञीको यतिबेला सम्बन्ध सुमधुर नभएको पनि बुझिएको छ ।

For More videos Log on to Mazzako TV