महानायक राजेश हमालले सिनेमामा काम नगरेको केहि बर्ष भयो तर पनि उनी सानो पर्दामा भने सक्रिय नै छन् । को बन्छ करोडपतिको सञ्चालन देखि लिएर टिभिका बिभिन्न बिज्ञापनहरुमा राजेशलाई दर्शकले हेरेका नै हुन् । अब राजेश हमाल फेरि एकपटक टिभीमा आँउदैछन्, बिल्कुलै नयाँ कार्यक्रमको साथमा । कार्यक्रमको नाम राखिएको छ जातको प्रश्न ।

यो राजेश हमालको कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ । जातको प्रश्न यही साउन १७ गतेबाट शनिवार साँझ साँढे ६ बजे प्रसारण हुनेछ । कार्यक्रमको पुन प्रसारण राती १० बजे पनि गरिने भनेर टेलिभिजनले जानकारी गराएको छ । समता फाउन्डेसनको प्रस्तुती कार्यक्रम जातको प्रश्नलाई लिएर दर्शकहरुमा कौतुहलता बढेको छ । राजेश पनि कार्यक्रमलाई लिएर उत्साहित देखिन्छन् ।

For More videos Log on to Mazzako TV