अभिनेता तथा निर्माता दिपकराज गिरीका अनुसार, सिनेमा छक्का पन्जा ४ को छायांकनका लागि १ बर्ष लाग्नेछ । यसैले पनि दिपकले यो सिनेमाको छायांकन यो बर्ष सुरु नगर्ने भएका छन् । यो बर्ष उनले बाहिरी ब्यानरको एक सिनेमामा काम गर्नेछन् । जसमा, उनको टिमका केही सदस्य पनि रहनेछन् ।

सिनेमा छक्का पन्जा ४ को कथा यसपटक एडभान्स छ । यसका लागि विभिन्न सिजन चाहिन्छ । सोही सिजन कुर्नुपर्ने भएकाले केही दृश्य खिच्दै रोकिदै फेरि नयाँ सिजनमा नयाँ दृश्य खिचिनेछ । सिनेमाको लागि ३ करोड बजेट लाग्ने दिपकले बताए ।

उनका अनुसार सिनेमाको कथा पनि एडभान्स र समय पनि लामो लाग्ने भएकाले बजेट पनि महंगो पर्न गएको हो । यसैले पनि विदेश बजार सहज नभएसम्म दिपकले सिनेमाको छायांकन सुरु नगर्ने मुड बनाएका छैनन् ।

For More videos Log on to Mazzako TV