सिनेमा रंग वैजनी र च्याम्पियनमा काम गरेका अभिनेता दिकपाल कार्कीले अब सिनेमा गर्ने संभवाना कम रहेको बताएका छन् । संचारमाध्यमसँग कुरा गर्दै यी अभिनेताले २ वटा सिनेमा असफल भएपछि अब आफूलाई असफल हिरो भनिएको र सिनेमा क्षेत्रको ग्रुपिज्मका कारण काम गर्ने संभावना नरहेको बताएका हुन् ।

दिकपालले आफू कुनै ग्रुपसँग नजिक भएको भए सिनेमा असफल भएपनि कामको अभाव नहुने बताए । तर, सिनेमा क्षेत्रमा व्याप्त ग्रुपिज्मका कारण अब आफूले काम पाउने संभावना पनि नरहेको बताएका छन् ।

मोडलिङमा व्यस्त हुँदा आफूलाई सिनेमाको अफर धेरै आएपनि रंग बैजनी र च्याम्पियनले राम्रो करिअर बनाउँछ कि भनेर गरेको दिकपालले बताएका छन् । दिकपाल अहिले मोडलिङमा नै व्यस्त छन् ।

For More videos Log on to Mazzako TV