अर्थ तथा सूचना, संचार तथा प्राविधि मन्त्री यूवराज खतिवडाले नेपाली सिनेमाका मुर्धन्य कलाकारलाई रातो पासपोर्ट दिने आश्वासन दिएका छन् । यसका लागि ठोस कार्यनिती बनाएर पेश गर्न उनले चलचित्र विकास बोर्डलाई निर्देशन पनि दिएका छन् ।

चलचित्र विकास बोर्ड निरिक्षण गर्न पुगेका मन्त्रीले कलाकार सबैलाई श्रोत र साधनले नभ्याउने भएकाले रातो पासपोर्ट दिन असम्भव भएको पनि बताए । तर, केही मुर्धन्य कलाकारलाई भने रातो पासपोर्ट उपलब्ध गराउन सक्ने उनको भनाई छ ।

अन्य उद्योगका मानिसहरुले विमानस्थलमा भीआइपी कक्ष, रातो पासपोर्ट लगायतको माग राख्ने गरेको भन्दै उनले केही कलाकारलाई विदेश यात्राका क्रममा सहज हुने गरि रातो पासपोर्ट उपलब्ध गराउन सक्ने बताए । नेपाली कलाकारलाई विमानस्थलमा समेत अन्य नागरिक सरह प्रवेश गर्नुपर्ने अवस्था छ ।

For More videos Log on to Mazzako TV