फिल्मको छायांकन सुरु नहुँदा कलाकारलाई असर पक्कै परेको छ । कलाकार कामविहिन भएका छन् । धेरै कलाकारलाई सिनेमाको भविष्य के हुने हो भन्ने पनि लागेको छ । तर, अभिनेता पल शाहलाई फिल्मको छायांकन सुरु होस् या नहोस्, केही फरक परेको छैन । किनकी, लकडाउन लुज डाउनमा परिणत भएसँगै म्यूजिक भिडियोमा काम गर्ने मोडल हुन् पल ।

यसपछि उनले ३ वटा म्यूजिक भिडियोको छायांकन सकिसकेका छन् । एउटै भिडियोमा १ लाखसम्म पारिश्रमिक लिने यी हिरोको हातमा डेढ दर्जन भिडियो छ । यसैले पनि पललाई सिनेमाको छायांकन सुरु भएपनि केही फरक परेको छैन ।

उनी जस्तै चर्चामा रहेका अरु हिरोहरु स्टारडम मेन्टेन गर्न, रिजर्भ बस्न हरसंभव कोशिश गरिरहेका छन् । तर, पललाई यी कुराको खासै मत्तलव नै छैन । आखिर, यती व्यस्त भएपछि फिल्म किन चाहियो र ?

For More videos Log on to Mazzako TV