गतबर्षको असोज २४ गतेबाट रिलिज भएको फिल्म छ माया छपक्कैका निर्माता रोहित अधिकारीले वितरकबाट अझै २ करोड भन्दा बढी रकम नपाएको गुनासो गरेका छन् । उनले, काठमाण्डौमा गोपिकृष्ण, वीएसआर, पुष्पाञ्जली लगायतका हलबाट सिनेमाको शेयर नपाएको बताए ।

काठमाण्डौबाट ५० लाख उठ्न बाँकी भएको बताएका रोहितले राजधानी बाहिरबाट डेढ करोड रुपैयाँ उठ्न नसकेको बताएका हुन् । राजधानी बाहिर एफडी कम्पनीले यो सिनेमाको वितरण गरेको हो । एफडीले अझै डेढ करोड रुपैयाँ शेयर निर्मातालाई दिएको छैन ।

निर्माता अधिकारीले वितरकलाई कमिसन मात्र भए हुने हो भनेर पनि प्रश्न गरेका छन् । वितरक एफडी कम्पनीले भने कोरोना कारण रकम दिन नसकेको बताएको छ ।

For More videos Log on to Mazzako TV