गायक देवेन्द्र बब्लुको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार गायक देवेन्द्र बब्लु र मेलिना राईको स्वर रहेको ‘मुसुक्क हास’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा देवेन्द्र बब्लुकै शब्द तथा संगीत छ । गीतका एरेन्जर श्याम श्वेत रसाइली हुन् ।

सार्वजनिक गीतको भिडियोमा देवेन्द्र आफैँ फिचर भएका छन् । भने देवेन्द्र संगै रोशनी कार्की प्रस्तुत भएकी छिन् । भिडियोमा देवेन्द्र र रोशनीको केमेष्ट्रि मज्जाको देखिएको छ ।

देवेन्द्रकै निर्देशनमा तयार भएको भिडियोलाई अनिल के मानन्धरले खिचेका हुन् । भिडियो सम्पादनको जिम्मा प्रविण भट्टले पाएका थिए ।

For More videos Log on to Mazzako TV