चलचित्र ‘बितेका पल’लाई यतिबेला विदेशमा रहेका नेपलीहरुले निकै रुचाईरहेको समाचारहरु प्राप्त भएको छ । अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया र अरबका विभिन्न देशहरुमा रहेको नेपालीहरुको मन जित्न सफल यस चलचित्रले यतिबेला युरोपका नेपलीहरुलाई मनोरञ्जन दिईरहेको छ ।
भोलि शनिवार अर्थात १० मे २०१४ मा जर्मनीको फ्रान्कफोर्टमा चलचित्र  ‘बितेका पल’ प्रर्दशन गरिदैछ । हाम्बर्गमा प्रर्दशन भईसकेको चलचित्र ‘बितेका पल’लाई युरोपका दर्शकले अत्याधिक मनपराएको निर्माता राजेश घतानी बताउछन् ।

1

बिगत एक महिनादेखि निर्माता घतानी युरोपका विभिन्न मुलुकहरुमा चलचित्रको प्रर्दशन गर्नमा ब्यस्त छन् ।  ‘जर्मनीकका विभिन्न ठाँउहरुमा पनि चलचित्र प्रर्दशनको तयारी भईरहेको छ’ घतानी भन्छन् ,’एक हप्तामा चारवटा भन्दा बढी सो छ, दर्शकले चलचित्रलाई रुचाईदिनुभएकोमा खुशी छु ।’

10318732_462380913894577_1142078127_n

बेल्जियमको एन्ट्रोपेनमा मे १६ र मुट थिएटर (MUT THEATER AMANDA SHRASSE 58 ) र हाम्बर्गमा मे १७ तारिकका दिन चलचित्रको प्रर्दशन गरिदैछ । त्यस्तै जर्मनीकै म्युनिष्टर शहरमा पनि मे १२ का लागि चलचित्रको सो फिक्स गरिएको छ । विदेशमा आएर चलचित्रको प्रतिक्रिया लिन पाउदा निकै खुशी लागेको निर्माता घतानी प्रतिक्रिया दिन्छन् । चलचित्र ‘बितेका पल’ नेपालमा प्रर्दशन भईसकेको छ ।

10345096_462380900561245_433572787_n

चलचित्र ‘बितेका पल’को निर्देशन सुरज सुब्बा नाल्बोले गरेका हुन् । चलचित्रमा केकी अधिकारी, बाबु बोगटी, अविनाश गुरुङ्गको मुख्य भुमिका रहेको छ । त्रिकोणत्मक प्रेम कथामा आधारित चलचित्र ‘बितेका पल’को अधिकांश छायांकन दार्जिलिङ्गमा गरिएको हो ।

10327119_462163807249621_1887599882_n

For More videos Log on to Mazzako TV