अभिनेत्री आँचल शर्मा बिहेपछि झनै स्टाइलिस्ट बनेकी छिन् । आँचलको सामाजिक संजाल हेर्ने हो भनेपनि उनका तस्वीरले यो कुराको छनक दिन्छन् । डाक्टर उदिप श्रेष्ठसँग गतबर्षको फागुणमा बिहे गरेकी आँचल दैनिक जीम धाइरहेकी छिन् ।

उदिप आफै पनि जीम क्रेजी भएकाले आँचललाई प्रेरणा मिलेको हुनुपर्छ । आफूलाई फिट र आकर्षक राख्ने कुरामा उदिप सजग छन् । यो कुराले पनि आँचललाई सहयोग मिलेको छ । अभिनेत्री आँचल शर्मा लकडाउन खुलेपछि म्यूजिक भिडियोको छायांकनमा पनि फर्किएकी छिन् ।

उनले हालैमात्र अभिनेता दयाहाङ राइसँग एक म्यूजिक भिडियोमा काम गरेकी छिन् । आँचल बिहेपछि झनै हट र आकर्षक बनेकी छिन् ।

For More videos Log on to Mazzako TV