अभिनेता अनुप विक्रम शाही आजबाट ३५ बर्षमा प्रवेश गरेका छन् । नेपाली फिल्ममा प्रवेश गर्दा राम्रो छाप बनाएका यी ह्यान्डसम हिरोले पछि आफ्नो करिअर विगारे । अफर आएका सबैजसो सिनेमामा काम गर्दा अनुपको करिअर विग्रियो ।

उनले राम्रा नराम्रा सबै सिनेमामा काम गर्दा दर्शकले पनि उनलाई पत्याएनन् । यही भएर नै अनुप विक्रम शाहीलाई अहिले गाह्रो भैरहेको छ । आज जन्मदिनमा एक अनाथ केन्द्रमा ८ थान ल्यापटप वितरण गरेक अनुपले अब भने सिनेमा छानेर काम गर्ने बताउन थालेका छन् । अनुपको यो सोच राम्रो हो ।

किनकी, अभिनयमा दख्खल भएर पनि उनले जसलाई पनि विश्वास गरे । जसकोकारण अनुपको करिअर सोचेजस्तो सफलताको गतीमा हिड्न सकेन । अहिलेसम्म अविवाहित नै रहेका अनुप बिहेका लागि कुनै हतार पनि नभएको बताउँछन् ।

For More videos Log on to Mazzako TV