हाँस्यकलाकार बलेलाई धोका भएको छ । निकै भावुक र मर्मस्पर्शी ढंगमा प्रस्तुत भएका छन् बले । हजुर हामी उनको भर्खरै आएको भिडियोको कुरा गरिरहेका छौं । जातिय भेदभाव र त्यसले एउटा प्रेमलाई कसरी खरानी बनाउँछ भन्ने बिषयमा यो भिडियो बोलेको छ । प्राय बलेको भिडियो भन्ने बित्तिकै रमाईलो, हाँस्यब्यंग्य अनि ठट्यौली पाराको हुने गर्दथ्यो तर यसपाली पनि बलेको भिडियोले मानिसलाई रुवाउँछ ।

गीतमा आवाज छ सन्तोस सुनारको । शब्द संगीत पनि उनी स्वयंले नै तयार पारेका हुन् । भिडियोमा बलेको जोडीको रुपमा रोशनी कार्कीले अभिनय गरेकी छिन् ।
धोका भो बोलको यो भिडियोलाई सार्वजनिक हुने बित्तिकै निकै राम्रो राम्रो कमेन्टहरु प्राप्त भईरहेको छ । भिडियोलाई मनोज बस्नेतले निर्देशन गरेका हुन भने रामक’मार केसीले खिचेका हुन् । टेकेन्द्र शाहले भिडियोको काटछाट गरेका हुन् ।

For More videos Log on to Mazzako TV