यतिबेला केरोनाले प्रभावित नभएको क्षेत्र कुन चाही पो होला र ? यो बेलामा कोरोनाको कहरमा परेर हरेक मानिसको दैनिकी निकै परिवर्तन भएको छ । कलाकारहरुको पनि परिवर्तन नहुने त कुरै भएन् । काम छैन, कार्यक्रम छैन, सिनेमा छैन् । सबैजना घरमै थन्किएर बस्नु परेको छ । हरेका बर्ष हुने गाईजात्राको बिशेष हाँस्यब्यंग्य कार्यक्रमलाई पनि यसबर्ष कोरोनाले ठुलै प्रभाव पारेको छ । तर कलाकारहरुले यसको पनि जुक्ति निकालेको छन् ।

यसपाली भने भर्चुलअ गाईजात्रा हुनेछ । भर्चुअल गाईजात्रा साउन १५ गतेबाट शुरु हुने बताईएको छ । गाईजात्राको यो बिशेष कार्यक्रमको टे«लर सार्वजनिक भैसकेको छ । जहाँ हाँस्यकलाकार, स्ट्याण्डअप कमेडीयन मनोज गजुरेललाई डब्लु एच ओ का प्रमुखको गेटअपमा देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा भाईरल यो भिडियोलाई हेरेर धेरैले यसपालीको भर्चुअल गाईजात्राको प्रतिक्षा गरिरहेको भनेर प्रतिक्रिया दिएका छन् ।यस्तो बिषम परिस्थितीमा पनि दर्शकहरुलाई सकारात्मक उर्जा दिन, हाँसो र मनोरञ्जन प्रदान गर्दै इम्युनिटी पावर बढाउन पनि यसपालीको गाईजात्रा भर्चुअलली नै भएपनि गर्नुपर्ने आवश्यक रहेको भनेर मनोज गजुरेलले बताएका छन् ।

सधै फरक फरक गेटअप र स्ट्याण्डर्ड स्ट्याण्डअप कमेडी गर्ने मनोजको यसपालीको प्रस्तुती पनि निकै गज्जब हुने कुरामा दुईमत छैन । यसपालीको गाईजात्रा साउन १५ गतेदेखि एक सातासम्म प्रसारण हुनेछ । यसपाली हाँस्य कवि शैलेन्द्र सिंखडा, सिताराम कट्टेल, कुञ्जना घिमिरे, गायक पशुपति शर्मा, चट्ट्याङ्ग मास्टर, यमन श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, दिनेश काफ्ले, त्यस्तै गरेर कमेडी च्याम्पियनका हिमेश पन्त, खड्क बहादुर पुन मगर खबपु, सुमन कोईराला, सुमन कार्की, मेक्सन गौडेलको प्रस्तुती रहनेछ ।

अन्य प्रस्तुतीमा सुवोध गौतमको बिशेष प्रस्तुती छ भने सुरेन्द्र केसी र जोगिन्दर वानवालाको पनि प्रस्तुती हेर्न पाईनेछ यसपालीको गाईजात्रा बिशेषमा । यसपालीको यो बिशेष गाईजात्रा, कोरोना कहर बीच पनि भर्चुअल्ली गर्न लागिएको गाईजात्राको बिशेष हाँस्यब्यंग्य कार्यक्रमका लगि मनोज गजुरेल लगायतको टिमलाई मज्जाको सफलतको शुभकामना ।

For More videos Log on to Mazzako TV