‘मायालु तिमी कता छौ’ गीतको अपार सफलतापछि ‘मायालु तिमी कता छौ २’ सार्वजनिक भएको छ । राजनराज सिवाकोटीको संगीत रहेको गीतको भिडियोमा नायक पल शाह र नायिका स्वस्तिमा खड्का फिचर्ड छन् । ‘मायालु तिमी कता छौं २’ को भिडियो यस्तो बनेको छ ।

‘मायालु तिमी कता छौं २’ को शब्द दिनेश थपलियाले लेखेका हुन् । गीतमा स्वर संगीतकार सिवाकोटी र स्मिता दाहालले दिएका छन् । भिडियोमा बाल कलाकार अरविन खड्का र एञ्जल राईको पनि अभिनय छ ।

‘मायालु तिमी कता छौं २’ को भिडियोको कन्सेप्ट र कोरियोग्राफी विक्रम स्वाँरको हो । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोको सम्पादन अर्जुन जिसीले गरेका हुन् ।

For More videos Log on to Mazzako TV