सेन्सर बोर्डमा मेलिना र सुरेश, अब बदलिएला त चलचित्रको फेस ?
चलचित्र विकास वोर्ड र सेन्सर वोर्डमा नयाँ सदस्यहरुको नियुक्ति भएको छ । सेन्सर वोर्डमा फिल्मकर्मीकै सहभागीता हुनु पर्ने जोडदार माग उठिरहेको बेला मन्त्री स्तरिय निर्णयाबाट केही चलचित्रकर्मीहरुलाई सेन्सर बोर्डमा सदस्य पदका लागि नियुक्त गरिएको हो । यसरी नियुक्ति पाउनेहरुमा चलचित्र संघका प्रवक्ता सुरेशदर्पण पोख्रेल, नायिका मेलिना मानन्धर र नेपाली कांग्रेस निकट विमल संग्रौला रहेका छन् ।
सञ्चार मन्त्री डा.मिनेन्द्र रिजालले मन्त्रीस्तरिय निर्णयबाट चलचित्र जाचपाच समिति ‘सेन्सर बोर्ड’ र चलचित्र बिकास बोर्डमा रिक्त पदहरुमा नियुक्ति गरिएको प्रतिक्रिया दिएका छन् ।
चलचित्र विकास वोर्डमा रिक्त रहेको तीनवटा सदस्यको पदमध्ये दुईमा क्रमश: अभिनेत्री रुपा राणा र काङ्ग्रेस निकटका फिल्म निर्माता राजेन्द्र केसी नियुक्त गरिएको छ । चलचित्र विकास वोर्डको एक सदस्यको पद भने अझै पनि रिक्त नै छ ।
श्रोतका अनुसार चलचित्र विकास वोर्डबाट अध्यक्ष धर्मेन्द्र मोरवैतालाई हटाएर चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईलाई ल्याउनलाई लविईन शुरु भईसकेको छ ।
For More videos Log on to Mazzako TV