अभिनेत्री पूजा शर्माले आफ्ना दर्शकसँग माफि मागेकी छिन् । एक टेलिभिजन अन्र्तवार्ताका क्रममा पूजाले जिल्ला कतिवटा छ भनेर सोधिएको प्रश्नमा १४ वटा भनेर जवाफ दिएकी थिइन् । यो भिडियो सार्वजनिक भएपछि पूजाको आलोचना भयो । उनी ट्रोलको पनि शिकार भएकी थिइन् ।

उनै पूजाले लामो समयपछि आफूले गल्ती गरेको भन्दै माफि मागेकी छिन् । पूजाले भनिन्–‘म दर्शकहरुको अत्याधिक मायाका कारण मात्तिएकी थिए । म पुलपुलिएकी थिएँ । मैले यो बिषय जान्नुपर्ने हो । यसैले, अब यस्तो गल्ती गर्ने छैन । म सबै दर्शकसँग माफि माग्न चाहन्छु ।’

पूजाले सिनेमा म यस्तो गीत गाउँछु २ को प्रचारको क्रममा रहेकाले पनि आफूले कत्ती कुराहरु विर्सिएको पनि बताएकी छिन् । पूजाले आफू कलाकार भएका नाताले सबै कुरा जानेको हुन्छ भन्ने दर्शकको अपेक्षा रहनु स्वभाविक भएको पनि बताएकी छिन् ।

For More videos Log on to Mazzako TV