अहिले नेपाली म्यूजिक भिडियोको छायांकन धमाधम भैरहेको छ । म्यूजिक भिडियो छायांकनका लागि कुनै पनि खालको निर्देशिका नबनेपनि छायांकन भने धमाधम भैरहेको छ । तर, सरकारले सिनेमाको छायांकन वा रिलिजका लागि कुनै तयारी गरेको छैन । नेपाली फिल्मीकर्मी पनि सिनेमा रिलिजका लागि तयार भैसकेका छैनन् ।

सरकारले तयारी नगरेपनि सिनेमाको काम अगाडि बढाउनका लागि सिनेकर्मीले नै कुनै पहल सुरु गरेका छैनन् । बरु, उनीहरु सिनेमा क्षेत्र भित्रकै विवादमा अल्झिरहेका छन् । म्यूजिक भिडियोमा पनि दुई दर्जन भन्दा बढी मानिसहरु भेला भएर तीजको गीतको धमाधम छायांकन भैरहेको छ ।

सिनेमाको छायांकनका लागि भने सिनेकर्मीले अहिलेसम्म न त सरकारसँग पहल गर्न सकेका छन् न आन्तरिक छलफल नै अगाडि बढाएका छन् ।

For More videos Log on to Mazzako TV