नेपाली फिल्म सम्बन्धी विभिन्न ७ संस्थाले संयुक्त हस्ताक्षर गर्दै गालीगलौजको श्रृङ्खला नरोकिए दर्शकलाई नै कारवाही गर्ने चेतावनी दिएका छन् । नेपाल चलचित्र निर्देशक समाज, चलचित्र संघ, निर्माता संघ, प्राविधिक संघ, नृत्य संघ, द्धन्द्ध निर्देशक समाज, कलाकार संघका प्रतिनिधीहरुले जारी गरेको विज्ञप्तीमा विगत केही समयदेखि नेपाली फिल्मकर्मीमाथि गालीगलौजको श्रृङ्खला रोकिएको बताएका छन् ।

उनीहरुले, यसरी गालीगलौज बढ्दै गएको खण्डमा नेपालमा साइबर कानुन र विदेशमा रहेका दर्शकलाई परराष्ट्र मन्त्रालयमार्फत कारवाहीको प्रक्रिया अगाडि बढाउने बताएका छन् । तर, दर्शकलाई आग्रह गर्नुको साटो कारवाहीको चेतावनी दिनु तर्कसंगत नभएको भन्दै चर्को आलोचना भैरहेको छ ।

For More videos Log on to Mazzako TV