अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्काले आफूहरु पारिश्रमिक घटाउन तयार भएको बताएका छन् । कोरोना कहरपछि निर्माताहरुलाई पनि सिनेमा बनाउन समस्या हुने भन्दै उनीहरुले सबैले घटाएको खण्डमा आफूहरु पारिश्रमिक घटाउन तयार रहेको बताएका हुन् ।

अभिनेता पल शाहले आफूहरुले मात्र पारिश्रमिक घटाएर नहुने भन्दै सबै तयार भए आफूहरु पनि तयार भएको सुनाए । अभिनेत्री स्वस्तिमा खड्काले पनि यो अवस्थामा आफूहरुले यति नै पारिश्रमिक चाहिन्छ, पहिले लिएको जती नदिए काम नै गर्दैनौ भनेर नभन्ने बताएकी छिन् ।

पल र स्वस्तिमाले प्राविधिकहरुको लागि सहयोग हुन्छ भने पारिश्रमिक घटाउने पनि बताएका छन् ।

For More videos Log on to Mazzako TV